चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति पदका लागि आशय पत्र सहित आवेदन माग गरेको हो ।

राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १८ को उपदफा (२) बमोजिम उपकुलपति पदमा नियुक्तिको लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ ।

सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिसका लागि समिति गठन गरेको छ । 

न्याम्सका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च समिति गठन गरेका हुन् ।

कमिटीले न्याम्सको उपकुलपति सिफारिस गर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस