बाबुराम भट्टराईले भने : नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बाबुराम भट्टराईले भने : नेपालमा भ्रष्टाचार नगर्ने मानिस पाउन मुस्किल छ


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताएका छन्।

भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले आफूले सङ्घर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताए।

उनले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमै अन्य पार्टीभन्दा फरक पहिचान स्थापित गर्ने बताए।

उनले देशमा भ्रष्टाचार अन्त्य गरी नेपाललाई बदल्न सङ्कल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको बताए। अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीतिक कार्यदिशा भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस