कालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । कालिकोटको रास्कोट नगरपालिका–२ सेरा बजारमा जीप दुर्घटना भएको छ ।

बिहीबार बिहान ७ बजे जिप दुर्घटना हुँदा हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका १ निवासी मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको रहेका छन् ।

दुर्घटनामा सोही वडा निवासी रितु सिंह गम्भीर घाइते भएकी छन्। घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ।

सेरा बजारको बसपार्कमा चालकले जुता लगाउँदै थिए। उक्त गाडी स्टाट गरी न्युटल राखेको थियो। सोही अवस्थामा जीप खोलामा गएर दुर्घटना भएको स्थानीयले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस