तोकिएको लेबी नबुझाए विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तोकिएको लेबी नबुझाए विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरू नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ ।

बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरूलाई लेबी बुझाउन ताकेता गरेको छ ।

‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्यज्यूहरूले पार्टीले तोकेको लेबी २०७९ साउनदेखि २०८० असारसम्मको बाँकी रहेको लेबी रकम मिति २०८० असार ५ गतेसम्म बुझाउन अनुरोध गरिन्छ,’पत्रमा भनिएको छ ।

जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि एक हजार रुपैयाँ, राजनीतिक समिति सदस्यकालागि ७०० र केन्द्रीय सदस्यहरूका लागि ५०० रुपैयाँ मासिक लेबी तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस