स्रोत नखुलेको १८ लाख रुपैयाँसहित सर्लाहीबाट ४ जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्रोत नखुलेको १८ लाख रुपैयाँसहित सर्लाहीबाट ४ जना पक्राउ


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सर्लाहीबाट अवैध १८ लाख रुपैयाँसहित चारजना पक्राउ परेका छन् । बागमती प्रदेश-०१-०२६ च ०२९९ नम्बरको कारमा लुकाइ लैजाँदै गरेको १८ लाख रकमसहित चारजनालाई पक्रेको सर्लाही प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ बासामाडीका ४० वर्षीय हेमराज विश्वकर्मा, कारमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका-४ घर भई हाल काठमाडौँ काडाघारी बस्ने ३१ वर्षका मौसम मग्राती, सर्लाहीको बागमती नगरपालिका १ बस्ने ३१ वर्षका दीपक तामाङ र खोटाङको रावावेशी गाउँपालिका-४ बस्ने ४४ वर्षका विमल तामाङ रहेका छन् ।

सर्लाही प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११ मा पूर्वतर्फ जाँदै गरेको सो कारलाई शङ्काको आधारमा चेकजाँच गर्दा कारको पछाडि डिकीमा लुकाइ राखेको अवस्थामा १८ लाख रुपैयाँ फेला परेको हो ।

उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस