काँग्रेसद्वारा मुख्यमन्त्री कार्कीको राजीनामा माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काँग्रेसद्वारा मुख्यमन्त्री कार्कीको राजीनामा माग


२४ जेष्ठ २०८०, बुधबार


विराटनगर । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा मागेको छ ।

नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले राजीनामा दिनुपर्ने भन्दै काँग्रेसले माग गरेको हो ।

काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको अधिवेशन स्थगन गर्नुले यो सरकार गैर जिम्मेवार र प्रदेशमा झन् समस्या थप्नतिर उद्यत भएको प्रस्ट हुन्छ । लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रूपमा राजीनामा दिएर लोकतान्त्रिक मान्यता अनुरूप आगामी सरकार निर्माण गर्नका लागि मार्ग प्रशस्त गर्न समेत आग्रह गर्दछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस