९३ वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

९३ वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा


२४ जेष्ठ २०८०, बुधबार


रसुवा । गोसाईंकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ ।

अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाईंकुण्ड सहजै पुग्न सकिन्छ ।

हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौँ सीतापाइला बस्दै आएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो पटक गोसाईंकुण्ड पुगेका छन् । हेलिकोप्टरमार्फत आज बिहान गोसाईंकुण्ड पुगेका उनले स्नान एवं पूजाआरधना गरे ।

वृद्ध अवस्थामा हिँडेर जान सक्ने अवस्था नहुँदा उनी चार्टर्ड हेलिकोप्टरमार्फत छोरा निमनाथ, बुहारी अम्बिका, नाति सुदीप र छोरी सरस्वती सापकोटासहित गोसाईंकुण्ड पुगेका हुन् ।

काठमाडौँबाट १४ हजार एक सय फिटको उचाइ हुँदै २५ मिनेटमा हेलिकोप्टरमार्फत अर्याल गोसाईंकुण्ड पुग्दा उनलाई लेक लाग्ने जस्ता कुनै समस्या नभएको वरिष्ठ क्याप्टेन आनन्द थापाले बताए ।

वयोवृद्व तीर्थ यात्रु अर्यालले गोसाइँकुण्डमा स्नान र पूजाआजा गरेकोमा खुसी व्यक्त गर्दै सकेसम्म तीन पटक र सम्भव नभए कम्तीमा एक पटक गोसाईंकुण्ड पुग्न अरूलाई सुझाव समेत दिऊ ।

Tags :
प्रतिक्रिया दिनुहोस