‘बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोसिस भएको छ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोसिस भएको छ’


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बडूले बजेट वक्तव्यले देशको आर्थिक अवस्थामा सुधार ल्याउन पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको बताए।

बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको उनले उल्लेख गरे। उनले सो अनुरूपको कार्यनीति र कार्य योजना पनि ल्याएको भन्दै प्रशंसा गरे।

उनले बजेटले आर्थिक वर्षको पहिलो तीन महिना सबै प्रशासनिक काम सक्ने र मंसिरदेखि फिल्डमा काम देखाउने भन्नु राम्रो भएको उल्लेख गरे। उनले दोहोरो कार्यक्षेत्र परेका निकायहरूलाई कटौती गर्नु पनि राम्रो बताए।

उनले बजेट कार्यान्वयन हुन सकेमा परिणाम दिने विश्वास व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस