रद्द भयो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदपूर्ति प्रक्रिया  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रद्द भयो औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदपूर्ति प्रक्रिया 


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षको पदपूर्ति प्रक्रिया रद्द गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै लिमिटेडको अध्यक्ष पदमा पदपूर्तिका लागि भएको प्रक्रिया रद्द गरेको जनाएको छ ।

गत ५ फागुनमा मन्त्रालयले अध्यक्ष पदका लागि पदपूर्तिको प्रक्रिया सुरु गरेको थियो । सरकारले १५ जेठमा घोषणा गरेको बजेटमा मन्त्रालय मातहतका विभिन्न निकाय गाभ्नका लागि भएको निर्णयअनुसार हाललाई पदपूर्ति रोकेको जनाइएको छ । 

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटले मन्त्रालय मातहतको ४ वटा निकायलाई एक आपसमा गाभेर एउटा निकाय बनाउने घोषणा गरेको छ । नेपाल इन्टर मोडल यातायात विकास समिति खारेज गरेर त्यसको स्वामित्व पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडलाई दिने र विशेष औद्योगिक क्षेत्र प्राधिकरण ९सेज०लाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग गाभ्ने बजेटमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस