सीमाको विषयमा केही गरेन भन्नेहरूले आफ्नो समयमा के चाहिँ गरे ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सीमाको विषयमा केही गरेन भन्नेहरूले आफ्नो समयमा के चाहिँ गरे ?


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा विवादको विषय राजनीतिकरण गरेर समस्या समाधान नहुने बताएका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भारत भ्रमणको बेला सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे भन्दै प्रतिप्रश्न गरेका छन् ।

बुधबार राष्ट्रियसभा बोल्दै उनले कनिकुथी सकि-नसकि विरोध गर्नुको औचित्य नभएको बताए ।

“हिजो त सरकारको नेतृत्व उहाँहरूको दलले पनि गरेकै थियो । थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँहरूले के चाहिँ गर्नुभएको थियो ? गर्नुभयो केही ? भएको थियो र केही ?” प्रधानमन्त्री प्रचण्डले भने, “अहिले अलिकति भयो । उत्पादन भयो भन्ने मेरो दाबी हैन । तर नयाँ सुरुआत त भयो । नेपाल समृद्धि हुने ढोका खोलियो ।”

प्रधानमन्त्री प्रचण्डले राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी लिपुलेकलगायत सीमा विवादको समस्या हुल हुने बताए । यसलाई बढी पोलिटिक्स मात्र गरे यो बल्झिरहने र कचिङ्गल मात्र बन्ने प्रधानमन्त्रीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस