श्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

श्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

कृष्णनगर नगरपालिका-२ यात्रु गेटबाट दाङ राप्ती गाउँपालिका-३ का २२ वर्षीय राज कुमार पुन मगरलई मङ्गलवार राति प्रहरीले प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उक्त भारतीय रुपैयाँसहित पुनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस