एमालेद्वारा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेद्वारा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर (सूचीसहित)


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ। एमालेले फरक-फरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी हेरफेर गरेको हो।

गत जेठ १९ गते गरेको पार्टी सचिवालयको निर्णयलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत उसले सर्कुलर गरेको हो।

एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजनको जिम्मा पाएका छन्। सचिवहरू प्रदेशको इन्चार्ज तोकिएका छन्। 

बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारी पाइरहँदा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन्।

एमालेले यसपटक सह इन्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ।

स्थायी कमिटी सदस्य यामलाल कँडेल दैलेखको इन्चार्ज तोकिएका छन्। सीता पौडेल महिला फाँटको इन्चार्ज बनेकी छिन्।

बिन्दा पाण्डेले अर्थ तथा योजना विभागको प्रमुखको भूमिका पाउँदा गोरखबहादुर बोगटी सुर्खेतको इन्चार्ज तोकिएका छन्।

कर्णबहादुर थापा युवा खेलकुद विभागको प्रमुख बनेका छन्। थममाया थापा कास्कीको इन्चार्ज बनेकी छिन्। शेरबहादुर तामाङ ललितपुरको इन्चार्ज बनाइएका छन्।

शिवमाया तुम्बाहाङ्फे इलामको इन्चार्ज बनेकी छिन्। हिक्मतकुमार कार्की मोरङको इन्चार्ज चयन भएका छन्। अरुण नेपाल नुवाकोटको इन्चार्ज बन्दा देवी ज्ञवालीलाई मकवानपुरको जिम्मा दिइएको छ।

परशुराम मेघी गुरुङ उदयपुरको इन्चार्ज बनाइएका छन्।

सूची :

Tags :
प्रतिक्रिया दिनुहोस