खप्तडमा पर्यटकीय प्रवर्द्धनका लागि विशेष संयन्त्र बनाइन्छ : प्रधानमन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खप्तडमा पर्यटकीय प्रवर्द्धनका लागि विशेष संयन्त्र बनाइन्छ : प्रधानमन्त्री


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको प्रवर्द्धनका विशेष संयन्त्र बनाइने बताएका छन् ।

खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मङ्गलवार उद्घाटन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । 

बझाङ, बाजुरा, अछाम र डोटीको संगमस्थल खप्तडलाई खप्तड विकास प्रतिष्ठान वा खप्तड विकास कोषको रूपमा विकास गरिने प्रधानमन्त्रीको भनाई छ । 

प्रकृतिले दिएको स्वर्गलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका भारतका प्रसिद्ध योगगुरु बाबा रामदेवसमक्ष खप्तडको विकासका लागि आवश्यक सहयोगको अपिलसमेत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस