मुर्रा राँगो ल्याउने कुरा मेरो पालामा भएको हो : केपी ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मुर्रा राँगो ल्याउने कुरा मेरो पालामा भएको हो : केपी ओली


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतबाट मुर्रा राँगो ल्याउने कुरा आफ्नो पालामा भएको बताएका छन् ।

प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा सहभागी हुने क्रममा ओलीले सबै कुरा आफ्नै कार्यकालमा भएको र त्यसमा सरकार आड लागेको बताएका हुन् ।

विगतमा आफ्नो कार्यकालमा नश्‍न सुधारका लागि राँगो ल्याउन कुरा भएको र यस पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा ल्याउने मात्रै काम भएको ओलीले बताए ।

उनले भने, ‘पाइपलाइन सुरु त त्यसै बेलै भएको रहेछ । सीमामा संयुक्त जाँच चौकी पहिले नै भएको रहेछ । सिलिगुढी चारआली पेट्रोलियम पाइपलाइन पहिले नै भएको रहेछ । हुँदाहुँदै राँगो ल्याउँदाका कुरा अलिकति आलोचित भएपछि पाँच वर्ष अगाडि को प्रधानमन्त्री थियो उसैका पालमा कुरा चलाएको रहेछ, अहिले त गएको हातमा दाम्लो मात्रै थमाइदिएका हुन् भन्नुभयो । आड त हाम्रै लिनुपर्ने रहेछ । राँगैको कुरा पनि केपी ‌ओलीले नै गरेको रहेछ गर्नचाहिँ । नस्ल सुधारको कुरा पनि केपी ओलीले गरेको रहेछ । फर्टिलाइजरको कुरा केपी ओलीले गरेको रहेछ, पाइपलाइनको कुरा केपी ओलीले गरेको रहेछ । रेलको कुरा केपी ओलीले गरेको रहेछ । हिजो जुन(जुन मजाकको विषय बनाइएका थिए, हिजो छ्यापेका हिलो पुछ्दापुछ्दै सफा गर्दै त्यै बाटोमा हिँड्नुपरेको रहेछ नि त ।’

Tags :
प्रतिक्रिया दिनुहोस