स्कुलबाट निस्केका शिक्षक जङ्गलमा मृत फेला, सुसाईड नोट पनि भेटियो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्कुलबाट निस्केका शिक्षक जङ्गलमा मृत फेला, सुसाईड नोट पनि भेटियो


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेपालगञ्जको राँझास्थित आदर्श माविमा पढाउने शिक्षक रवीन्द्र रेग्मी ढकेरीनजिक जङ्गलमा मृत भेटिएका छन्।

सोमबार दिउँसो १ः३० बजे विद्यालयबाट बैठकमा जान्छु भन्दै निस्केका शिक्षक रेग्मी जङ्गलमा डढेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर जनाकारी दिए ।

उनले भने, शव जलेको अवस्थामा जङ्गलमा भेटिएको छ, थप अनुसन्धान हुदैछ ।’

एसपी राठौरका अनुसार मृतकको सुसाईड नोट पनि भेटिएको छ । उनले भने, ‘ सुसाईड नोट पनि भेटिएको छ, आर्थिक लेनदेन र आफूखुसी आत्महत्या गरेको, कसैलाई दोष नदिनु भन्ने टाइपको कुरा लेखिएको छ ।’

प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस