नवलपरासीमा दम्पतीको विभत्स हत्या « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नवलपरासीमा दम्पतीको विभत्स हत्या


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको छ । प्रतापपुर गाउँपालिका-८ पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक (एसपी) विनोद सिलवालले जानकारी दिए । उनीहरूको सोमबार राति हत्या भएको हो ।

उनले भने, ‘भैँसी पाल्दा रैछन् त्यही गोठमा बस्ने खाने गरेको भन्ने छ, राती १० बजे खानासँगै खाको भन्ने जानकारी छ, राती नै हत्या भएजस्तो देखिन्छ, हामीलाई बिहान ७ बजे मात्रै जानकारी भएको हो ।’

उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको सिलवालले बताएका छन् । उनीहरूको घर गाउँकै बैरिहवामा छ । घरमा छोरीछोरीहरु बस्दै आएका थिए । उनीहरू भने गाईबस्तुको रेखदेख गर्न भन्दै गोठमा सुत्न गएका थिए ।

दम्पतीको कसले र किन हत्या गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हामी अनुसन्धान गर्दैछौं, घटनाको कनेक्सन हेरीराछौँ, केहीसँग सोधपुछ गरिराछौं उनले थपे, ‘शव पोष्टमार्टमका लागी अस्पताल पठाउने तयारी भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस