जङ्गलमा गाडेको अवस्थामा २७ वर्षीया कविताको शव फेला « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जङ्गलमा गाडेको अवस्थामा २७ वर्षीया कविताको शव फेला


२३ जेष्ठ २०८०, मंगलबार


धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

जिल्लाको गौरीगङ्गा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस