राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न तयार छु: स्वास्थ्यमन्त्री « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न तयार छु: स्वास्थ्यमन्त्री


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा कामका लागि जस्तोसुकै जोखिम मोल्न पनि आफू तयार रहेको बताएका छन्।

सोमबार ललितपुरमा विश्व वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लेनदेनका कारण अहिले आपराधिक क्रियाकलापहरू बढिरहेको उल्लेख गर्दै यस्ता गतिविधिमा आफू नलागेको र कहिल्यै नलाग्ने पनि प्रतिबद्धता जनाए।

उनले आफूलाई जोखिमसँग खेल्ने बानी रहेको भन्दै राम्रा कामका लागि कुनै पनि जोखिमसँग जुध्ने बताए।

उनले भने, ‘सबैलाई जगजायर भएको विषय र यसले आपराधिक क्रियाकलाप बढेको छ। लिने, दिनेका कुराहरू धेरै छन्, म यी कुरामा कहीँ लाग्दिन, हिजो पनि लागेको थिइनँ। भोलि पनि लाग्दिनँ। राम्रा कामका लागि जुनसुकै खतरा मोल्न तयार छु। म यो जोखिमसँग खेल्ने बानी परेको मान्छे हो।’

Tags :
प्रतिक्रिया दिनुहोस