सर्वोच्चको आदेश मानिहाल्छौँ : प्रधानमन्त्री « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सर्वोच्चको आदेश मानिहाल्छौँ : प्रधानमन्त्री


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको आदेश सबैले मान्ने भन्दै नागरिकताका विषयमा संसद्मा विवाद नगर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जारी गरेको अध्यादेश र अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक समान भएको बताए ।

उनले भने, ‘हामीले ०६३ सालको अन्तरिम संविधानमा र संविधानसभाबाट ०७२ सालमा जारी संविधानमा नागरिकतासम्बन्धी प्रावधान सर्वसम्मतिमा राखेका हौँ । यसमा कसैको पनि विमति छैन । हिजोको अध्यादेश र आज प्रमाणीकरण भएको विधेयकमा पनि समान व्यवस्था छन् ।आइतबार संसद्मा विवाद गर्दै गर्दा सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ । अब पनि निर्विवादित व्यवस्थामा जबरजस्ती विवाद नतानौँ । सर्वोच्चको आदेश हामी सबैले मान्छौँ । त्यहाँ विचाराधीन भएकाले अब यता विवाद नगरौँ । नेपाली नागरिकता प्राप्त गरून्, गैर नागरिकले नागरिकता प्राप्त नगरुन् भन्नेमा यो सदनको एकमत छ । हामी कोही पनि विदेशीले नागरिकता पाउने र नेपालीले नपाउने अवस्थाको विषयमा वकालत गर्न सक्दैनौँ । राष्ट्रिय हितमा कहीँ पनि गडबडी हुन नपाओस् भन्नेमा हामी सचेत छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस