प्रधानमन्त्रीको प्रष्टीकरण : कन्फ्युज नहोस् मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको प्रष्टीकरण : कन्फ्युज नहोस् मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको प्रष्टीकरण दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् ।

‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोही कन्फुजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’

आफूले सोहीअनुसार आफ्नो भूमिका खेलेको पनि प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस