सुनकोशीमा बेपत्ता भएका कर्मचारी अझै फेला परेनन् « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सुनकोशीमा बेपत्ता भएका कर्मचारी अझै फेला परेनन्


२२ जेष्ठ २०८०, सोमबार


खुर्कोट । सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका तीन जना कर्मचारीहरू अझै फेला परेका छैनन् ।

बहावलाई आधा फर्काएर खोजी कार्य गर्दा समेत जिप सहित बेपत्ता भएका तिन जना कर्मचारी फेला नपरेका हुन् ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कार्पियो शुक्रबार मध्याह्न मध्य पहाडी लोक मार्गको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिकाको लौकुनमा दुर्घटना भई सुनकोसी नदीमा खसेको थियो ।

उक्त स्कार्पियोमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिकाका कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिकाका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक अधिकृत भानु पौडेल बेपत्ता भएका छन् । दाङ घर भएका चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल भएका छन ।

सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थापन चार वटा टोलीले उनीहरूको खोजी गर्दा समेत फेला पार्न सकेका छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस