नागरिकता विधेयकको जस लिन नपाएपछि एमालेले संसद्‌मा विरोध गर्‍यो : चित्रबहादुर केसी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागरिकता विधेयकको जस लिन नपाएपछि एमालेले संसद्‌मा विरोध गर्‍यो : चित्रबहादुर केसी


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ  । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)ले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस लिन नपाएका कारण संसदमा विरोध गरेको बताएका छन् । 

आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केसीले विगतमा केपी ओली प्रधानमन्त्री हुँदा विधेयकमा हस्ताक्षर गरेको उनको भनाइ छ।

त्यस्तै, उनले भारतीयहरूले नेपालमा भारतीयलाई नागरिकता दिलाएर जनसाङ्ख्यिक हिसाबले बहुमत पुर्‍याउन खोजेका बताए। भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस