भारतले अनुदानमा दिने राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार हुने कृषि मन्त्रालयको स्पष्टोक्ति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भारतले अनुदानमा दिने राँगाबाट एक लाख भैँसीमा नश्ल सुधार हुने कृषि मन्त्रालयको स्पष्टोक्ति


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैँसीमा नश्ल सुधार हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रालयले यसबारे प्रस्ट पारेको हो ।

आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपालको आग्रहमा उन्नत जातको मुर्रा प्रजातिको राँगो नश्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको प्रस्ट्याएको हो ।

नेपालले यस अघि पटक-पटक औपचारिक र अनौपचारिक तवरबाट यस्तो राँगो माग गरेको मन्त्रालयले जनाएको छ । नेपालले ५ वर्ष अघिदेखि नै नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक/अनौपचारिक तवरबाट भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन भएको मन्त्रालयले प्रस्ट्याएको छ । 

तीन वर्षअघि त लिखित रुपैयाँ राँगो माग गरिएको र १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरू उपलब्ध गराउन भारतले प्रतिबद्धता जनाएको मन्त्रालयको स्पष्टोक्तिमा भनिएको छ ।

अहिले आएर भारतले दिने भनेको राँगो नेपाल सरकारलाई वस्तुगत सहायता स्वरूप निःशुल्क निःशुल्क उपलब्ध मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस