सन्दीपलाई भोलि दक्षिण अफ्रिका पठाउँदै क्यान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सन्दीपलाई भोलि दक्षिण अफ्रिका पठाउँदै क्यान


२१ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं स्पिनर सन्दीप लामिछानेले विश्वकप क्रिकेट छनोट तयारीका अभ्यास खेलहरू खेल्न पाउने भएका छन्।

नाबालिक बलात्कार आरोपको मुद्दा खेपिरहेका लामिछानेको मुद्दाको सुनुवाइ नहुँदा विश्वकप छनौटका खेलहरू गुमाउन सक्ने आंकलनकाबीच उनी सोमबार (भोलि) दक्षिण अफ्रिका जाने क्यानले जनाएको छ।

यसअघि पटक पटक मुद्दाको पेशी तोकिएपनि सुनुवाई नहुँदा उनी टोलीसँगै दक्षिण अफ्रिका जान सकेको थिएन। जिल्ला अदालत काठमाडौँले उनको मुद्दाको पेशी असार २९ गते सम्मका लागि सारेपछि क्यानले उनलाई भोलि नै दक्षिण अफ्रिका पठाउने गरी तयारी गरिरहेको क्यानको भनाई छ । 

अहिले क्यानले लामिछानेको डकुमेन्टको काम गरिरहेको छ। एक दिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामा छ।

Tags :
प्रतिक्रिया दिनुहोस