नैकापमा आफ्नै कोठाभित्र महिला मृत फेला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नैकापमा आफ्नै कोठाभित्र महिला मृत फेला


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँको नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।

शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित एक घरमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

महिला बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीका अनुसार मृतक ३९ वर्षीया प्रफुला मानन्धर श्रेष्ठ हुन्। उनी घरको दोस्रो तलामा रहेको कोठाको भुईँमा लडिरहेको अवस्थामा मृत फेला परेकी हुन्।

बिहान ९ बजेसम्म पनि ढोका नखुलेपछि हेर्न जाँदा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस