भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित ३ जना दोषी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित ३ जना दोषी ठहर


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित ३ जना दोषी ठहर भएका छन् ।

विशेष अदालत काठमाडौँले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव शर्मासहित ३ जनालाई दोषी ठहर गरेको हो ।

आयोगका तत्कालीन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई विशेषका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गरेको हो ।

सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरूलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई दोषी ठहर गरेको छ ।

उनीहरूको लागि आगामी जेठ २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस