भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्छ : कुलमान घिसिङ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्छ : कुलमान घिसिङ


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँगको दीर्घकालीन ऊर्जा सम्झौताबाट नेपालले लाभ लिन सक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने बताउँदै उनले प्रारम्भिक ऊर्जा सम्झौताले नेपाललाई फाइदा पुग्ने बताएका हुन् ।

‘प्रारम्भिक समझदारी भएको छ । यो नेपालको हितमा छ । यसलाई हामीले कार्यान्वयनको स्तरमा लैजान सक्नुपर्छ,’उनले भने ।

भारतको मन्त्रिपरिषद्बाट छिट्टै नै सम्झौता अनुमोदन गरेर दुई मुलुकबीच आदानप्रदान हुने बताइएको छ । समय नभएकाले भारत सरकारले मन्त्रिपरिषद‍्‍बाट सम्झौता अनुमोदन गर्न नपाएको बताएको छ ।

नेपाल-भारत दीर्घकालीन ऊर्जा सम्झौतासम्बन्धी प्रारम्भिक समझदारीबारे दुवै देशका ऊर्जा मन्त्रालयका सचिवबाट हस्ताक्षर भए पनि आदानप्रदान भने भएको छैन । बुधवारसम्म भारत सरकार ऊर्जा सम्झौता गर्ने पक्षमा नरहेकाले सम्झौता पत्र आदानप्रदान हुन नसकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस