यी हुन् नेपाल-भारतबीच भएका समझदारी (सूचीसहित) « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

यी हुन् नेपाल-भारतबीच भएका समझदारी (सूचीसहित)


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् ।

हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

भेटवार्ता पछि सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास, नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन, बथनाहा विराटनगर कार्गो रेलको उद्घाटन, अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास, गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास, सिलीगुड़ी-झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट र क्रस बोर्डर पेमेन्ट समझदारी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस