रकम हिनामिना गर्ने सहकारी अध्यक्षसहित ६ जना पदाधिकारी पक्राउ « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

रकम हिनामिना गर्ने सहकारी अध्यक्षसहित ६ जना पदाधिकारी पक्राउ


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारी पक्राउ परेका छन् ।

बुढानीलकण्ठ नगरपालिका-९ स्थित सोही सहकारी संस्थाका अध्यक्षसहित ६ जना पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका-९ बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम

उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस