निर्माणाधीन आयोजना सकाउन एमालेको ध्यानाकर्षण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

निर्माणाधीन आयोजना सकाउन एमालेको ध्यानाकर्षण


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । बुटवल क्षेत्रमा भइरहेका विकासका निर्माणका आयोजनाहरूमा भइरहेको ढिलासुस्तीबारे नेकपा एमाले बुटवल उपमहानगर कमिटीले डिभिजन सडक कार्यालय बुटवलसँग अन्तरक्रिया गरेर कामसक्ने समय निर्धारण भएको छ ।

निर्माणाधीन विभिन्न आयोजनाको काम समयमा पूरा नहुँदा एकातिर नागरिकले सास्ती पाउने र अर्कोतिर आयोजनाको लगानी बढ्ने भएकाले समयमै पूरा गर्न समन्वय गर्ने निचोड अन्तरक्रियाले निकालेको छ ।

चौराहा-गोलपार्क ६ लेन सडक, चौराहा-बेसक्याम्प सडक, तिनाउ दानव करिडोर, मगरघाट, हात्तीसुँढ र हरिहरपुरको पुल निर्माणपछिको व्यवस्थापनको कार्यलगायतका विभिन्न विकासे आयोजनाहरू निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकले सास्ती व्यहोर्नुपरेको भन्दै एमालेले निर्माणको कामलाई तीव्रता दिन आग्रह गरेको हो ।

एमाले बुटवलका अध्यक्ष किसन ज्ञवालीका अनुसार डिभिजन सडक कार्यालयसँग गरिएको अन्तरक्रियाबाट चौराह गोलपार्क सडक अन्तरगतको १ महिनाभित्र दुबैतर्फको नाली क्लियर गर्ने, बीचको पिचको भाग पहिलो लयरको काम सक्ने, मेनरोडदेखि एक्सेस रोड निकास सबै क्लियर गर्ने, निर्माण क्षेत्रमा धुलो नउड्ने गरी पानी राख्ने र काम गुणस्तरीय गराउने सहमति गरिएको छ ।

त्यसैगरी तिनाउ-दानव कोरिडोर अन्तरगत वर्षा लागिसकेकोले बुटवलको बस्ती एरिया जहाँ बाढीको जोखिम छ त्यहा अस्थायी संरचना निर्माण गरेर (इट्टाभट्टी, देबिनगर, बुद्द्नगर,रानिगंज ठोकर एरियामा बाढीको जोखिमलाई समाधान गर्न, आयोजना अन्तर्गतको तटबन्धको कामलाई तीव्रता दिन, आयोजना अन्तर्गत खोलामा क्रसर उद्द्योग राखी नदीजन्य पदार्थको अपचलन गर्ने, हरिहरपुरको नदी उकास साइडबाट चोरीनिकासी भएकोले त्यसलाई तुरुन्तै रोक्न बुटवल उपमहानगर र सिडिओ कार्यालयलाई ध्यानाकर्षण गराउने, कामलाई छिटोछरितो र गुणस्तरीय गर्ने, मगरघाट पुल हात्ती सुड पुलमा पानी जम्ने समस्या समाधान गर्ने सहमति गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस