भारतीय नयाँ नक्साको विरोधमा बागमती प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय नयाँ नक्साको विरोधमा बागमती प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । भारतको नवनिर्मित संसद् भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको छ। 

निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु भएको बुधवारको पहिलो बैठकमा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले सङ्कल्प प्रस्ताव पेस गरेका हुन्। उनले पेस गरेको सङ्कल्प प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको छ।

सङ्कल्प प्रस्तावमा काँग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्ले, माओवादीका रत्नप्रसाद ढकाल, राप्रपाकी कुमारी तामाङ, एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र हाम्रो नेपाली पार्टीका सुरेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए।

यसअघि प्रदेश सभा नियमावली ०७४ को परिच्छेद १३ बमोजिम प्रदेश सभा बैठकमा सङ्कल्प प्रस्ताव पेस गर्न सोही नियमावलीको नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस