सार्वजनिक लेखा समितिका उजुरी विचाराधीन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सार्वजनिक लेखा समितिका उजुरी विचाराधीन


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सार्वजनिक लेखा समितिका उजुरी विचाराधीन रहेका छन् ।

लेखा समितिको बुधबार बसेको बैठकमा १२१ उजुरी विचाराधीन रहेका बताइएको हो ।

समिति सचिव एकराम गिरीले यसअघिको संसद्को कार्यकालमा १२० उजुरी पुगेको र नयाँ संसद् आएपछि एक उजुरी थपिएर १२१ उजुरी विचाराधीन रहेको बताए । उजुरीको सूची समितिमा रहेका सबै सांसदहरूलाई उपलब्ध गराइएको छ ।

समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई सबै उजुरी अध्ययन गर्नका लागि उपलब्ध गराइएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस