Logo २१ कार्तिक २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नागरिकता विधेयकलाई भारतसँग जोडेर हेर्नु नश्लवादी सोच : जनमत पार्टी


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । जनमत पार्टीका सांसद तथा निवर्तमान खानेपानी मन्त्री अब्दुल खानले नागरिकता विधेयक प्रमाणीकरण गरिनु र प्रधानमन्त्रीको भारत भ्रमणलाई जोडेर विश्लेषण गर्नु नश्लीय सोच हुने बताएका छन् । 

उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर नागरिकले नागरिकता पाउने संविधानप्रदत्त अधिकार प्रदान गरेको भन्दै पार्टीले यसको स्वागत गर्ने बताए। 

“यो नश्लवादी सोच हो, नश्लवादी चिन्तनले गर्दा उहाँहरूको यस्तो प्रतिक्रिया आएको हो,” प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) यसलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडेर प्रतिक्रिया दिइरहेको छ नि भन्ने प्रश्नमा खानले भने, “मधेसीलाई इङ्गित गरेर भएका यस्ता कुराहरू ठिक हैन । पहाडी मूलका मानिसहरू पनि नागरिकता नपाएर रोएर बसेका छन् । हिमालमा पनि उस्तै समस्या छ ।”

उनले नागरिकतासम्बन्धी समस्या भारतको वा अन्य छिमेकी मुलुकको नभएर नेपालभित्र रहेका नेपाली नागरिकहरूको समस्या भएको भन्दै यसलाई अतिरञ्जित गर्न नहुने बताए। नागरिकता विधेयकमा एमालेले द्वैध चरित्र साधेको भन्दै आफूले गरे ठिक अरूले गरे बेठिक भन्ने मानसिकता एमालेले त्याग्नुपर्ने बताए ।

उनले संसद्ले पास गरेको यो विधेयक अघिल्लो राष्ट्रपतिले नै प्रमाणीकरण गरेको भए जनता अनागरिक बनेर संवैधानिक अधिकार प्राप्तिको अवसरबाट वञ्चित हुन नपर्ने धारणा राखेका छन् ।

“दुवै सदनले पास गरेको, दुई पटक पास गरेको विधेयक राष्ट्रपतिले नैतिकताको आधारमा गर्नुपर्ने हो । यो जनमत पार्टीले स्वागत गर्छ,” उनले भने, “यो अघिल्लो राष्ट्रपतिले नै प्रमाणीकरण गर्नुपर्ने थियो । तर, उहाँले गर्नुभएन । त्यसकारण विधेयक प्रमाणीकरणमा ढिलाइ भयो । तर, ढिलै भए पनि जे भयो, राम्रो भयो ।”

Tags :
प्रतिक्रिया दिनुहोस