कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले बुधबार स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो ।

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै मन्त्री लिम्बूलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेम्जोङले बताए ।

बुधबार इटहरीमा बसेको प्रदेश समितिको बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता बोलाएको हो । कोशी नामकरणको विरोधमा भइरहेको पहिचान पक्षधरको आन्दोलनमा जसपाको समर्थन रहेको छ ।

सरकारमा पनि बस्ने, आन्दोलनमा पनि समर्थन गर्ने कुरा नमिलेको भन्दै आलोचना भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । साथै मन्त्री लिम्बूले सदनमा नामकरणका बेला विपक्षमा हस्ताक्षर नगरेकाले पनि पार्टी नेतृत्व उनीसँग असन्तुष्ट भएको बुझिएको छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कारण सात वटा प्रदेशमध्ये कोशीमा मात्रै एमालेले सरकारको नेतृत्व गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस