सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ


१७ जेष्ठ २०८०, बुधबार


पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सर्लाही हरिवन नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-९ सिनामङ्गलबाट पक्राउ गरेको हो ।

बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा काम लगाइदिन्छु मासिक १ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी १२ लाख रुपैयाँ रकम लिएको खुलेको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस