ट्याक्टर दुर्घटनामा बालकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु


१७ जेष्ठ २०८०, बुधबार


सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्याक्टरका सहचालक थिए ।

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुर्घटनाबारे कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस