‘प्रधानमन्त्रीजीले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ’ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

‘प्रधानमन्त्रीजीले त्यो नक्सा हटाउनुस्, गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ’


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्साको बारेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुरा गर्नु पर्ने बताएका छन् ।

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यति कुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठमा भारत भ्रमणमा जाँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस