मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपालको सहज जित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपालको सहज जित


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । दोस्रो महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गर्न सफल भएको छ ।

जितसँगै नेपालले पाँच टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको सिरिजमा १/१ को बराबरी गर्न सफल भएको छ ।

मलेसियाले दिएको ९७ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्कासहित अविजित २९ रन बनाइन् ।

नेपाललाई ओपनर कविता कुँवर र सीता रानामगरले राम्रो सुरुआत दिलाउँदै जितको आधार तय गरेका थिए । उनीहरूले पहिलो विकेटका लागि ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए ।

कविता कुँवरले ४३ बलमा २ चौकासहित २६ रन बनाइन् । अर्की ओपनर सीता रानामगर २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाइन् ।

विन्दु रावल १८ बलमा २ चौकासहित १७ रनमा क्याच आउट भइन् । सम्झना खड्का २ रनमा अविजित रहिन् । मलेसियाकी ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको थियो।

मलेसियाको लागि मास एलिसा यासमिन जुक्किफीले ३४ बलमा २ चौकासहित सर्वाधिक २८ रन बनाएकी थिइन् । उनीफ्राई दुरासिंघम २६ बलमा ३ चौकासहित २० रनमा बोल्ड आउट भइन् ।

वान जुलिया ३५ बलमा २० रनमा आउट भइन् । हामिजाह हाशिम १६ बलमा १४ रनमा अविजित रहिन् ।

नेपालको लागि कप्तान रुविना क्षेत्रीले २ तथा इन्दु बर्मा र कविता कुँवरले समान १/१ विकेट लिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस