इनारबाट मोटर निकाल्ने क्रममा खसेर एक जनाको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

इनारबाट मोटर निकाल्ने क्रममा खसेर एक जनाको मृत्यु


१६ जेष्ठ २०८०, मंगलबार


धनुषा । धनुषामा इनारमा खसेर एक जनाको मृत्यु भएको छ ।

मङ्गलवार बिहान इनारबाट मोटर निकाल्ने क्रममा खसेर धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरका ३६ वर्षीय घुरण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इनारमा खसेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा लालगढस्थित मोडेल अस्पतालमा मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस