बजेट जनतामा आशा जगाउने खालको छैन : राजेन्द्र लिङदेन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बजेट जनतामा आशा जगाउने खालको छैन : राजेन्द्र लिङदेन


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् ।

सोमवार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले मुलुकको वर्तमान आर्थिक सङ्कट र चुनौतीको समाधान गर्नुपर्ने अवस्था भए पनि त्यस अनुरूप बजेट आउन नसकेको बताए ।

उनले विगतका सरकारले ल्याउने बजेट सुन्दा राम्रो भए पनि कार्यान्वयनमा समस्या हुने गरेको भन्दै अहिलेको बजेट पनि कार्यान्वयनमा चुनौती रहेको बताए । राप्रपा अध्यक्ष लिङदेनले बजेट अनुदान र ऋणमा आधारित भएर आएकाले आशा गर्ने ठाउँ भएको बताए ।

उनले बजेटमा खर्च कटौती लगायतका सकारात्मक पक्षहरू समेटे पनि यति मात्रै वर्तमान आर्थिक समस्याको बजेटले समाधान गर्न नसक्ने दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस