लघुवित्तलाई दुर्गम क्षेत्रमा परिचालन गरिने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

लघुवित्तलाई दुर्गम क्षेत्रमा परिचालन गरिने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूलाई बैंकिङ पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैङ्किङको अवधारणा अनुरूप काम गर्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गरिने बताए ।

 त्यस्तै लघुवित्त वित्तीय संस्थालाई विशिष्टीकृत प्रादेशिक वित्तीय संस्थाको रूपमा अगाडि बढाइने समेत उनले बताए ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत मुलुकका सबै स्थानीय तहमा क्रमशः साना किसान उद्यम विकास कार्यक्रम सञ्चालन गरिने समेत सरकारले घोषणा गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस