सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत  « प्रशासन
Logo २९ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत 


२२ बैशाख २०८१, शनिबार


सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले पीडितपरिवारलाई कम्बल, तन्ना, सिरानी, थाल, कचौरा, गिलास पानीको बोटललगायत राहत सामग्री प्रदान गरे ।

राहत वितरण कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले ज्यानको बाजी राखेर सहयोग गरेकामा धन्यवाद दिए । उनले  विपद् तथा सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरे ।

राहत वितरणमा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्का, बोर्डर आउट पोष्ट (बिओपी) बाराउद्योरणका सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनाली, बलरा नगरपालिका-१, का वडाध्यक्ष बिकाउ ठाकुरलगायतको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस