काठमाडौँ महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काठमाडौँ महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने


२२ बैशाख २०८१, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । 

महानगरपालिकाले आज एक सूचना जारी गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको हो । 

इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस