प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे मन्त्रिपरिषद्‍मा छलफल « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे मन्त्रिपरिषद्‍मा छलफल


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको एजेन्डाबारे शुक्रबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । बैठकमा भ्रमणका क्रममा के-कस्ता एजेण्डालाई उठाउने भन्नेबारे छलफल भएको हो।  

एक मन्त्रीका अनुसार खासगरी भौतिक पूर्वाधार मन्त्रालय मातहतको बथनाहा-विराटनगर-कटहरी रेलमार्ग निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्न भारत सरकारसँग आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

भारत सरकारको सहयोगमा सन् २०११ देखि सो रेल वे ट्रयाक खोल्ने काम सुरु भएको थियो । 

बैठकमा  प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले उठाउने यसबाहेक अन्य केही महत्त्वपूर्ण एजेन्डाबारे पनि छलफल भएको ती मन्त्रीको भनाइ छ  ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतदेखि २० गतेसम्म भारतको भ्रमण गर्ने तयारी गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस