समस्याग्रस्त १२ मध्ये दुई सहकारीद्वारा पूर्ण बचत फिर्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

समस्याग्रस्त १२ मध्ये दुई सहकारीद्वारा पूर्ण बचत फिर्ता


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले २०७५ सालयता समस्याग्रस्त भनेर घोषणा गरेका १२ सहकारी संस्थामध्ये दुईवटा सहकारीले बचतकर्ताको बचत फिर्ता गरेका छन् ।

गत चैत मसान्तसम्म कुबेर बचत तथा ऋण सहकारी र स्टाण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेडले बचतकर्ताले गरेको दाबी बचतफिर्ता गरेका हुन् ।

यी दुई सहकारीले एक करोड ३२ लाख ९२ हजार २९१ रुपैयाँ बचत फिर्ता गरेको कार्यालयले जनाएको छ । जसमा स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभले ५७ लाख ६३ हजार ४६७ रुपैयाँ र प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्टले ७५ लाख २८ हजार ८२४ रुपैयाँ फिर्ता गरेको हो ।

बचत फिर्ता गरिसकेपछि समस्याग्रस्त सूचीबाट हटाउन बचतकर्ताले सहकारी व्यवस्थापन समितिको कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । तर, हालसम्म यी कम्पनीबाट निवेदन नपरेको समितिको कार्यालयले जनाएको छ  । 

सहकारी विभागमा ठगी आरोपसहित निवेदन परेपछि विभागले प्रारम्भिक अनुसन्धान गरी सहकारीले गरिरहेको कारोबारलाई अध्ययन गरेर समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विवरण पठाउने गरेको छ । मन्त्रालयले पनि अध्ययन गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमार्फत समस्याग्रस्त सहकारीको रूपमा १२ वटालई घोषण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस