मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । 

बैठक ४ बजे सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र कैद मिनाहा सम्बन्धी निर्णय हुदैछ । गणतन्त्र दिवसका अवसरमा दिइने माफी मिनाहा र बाँकी कैद मिनाहाबारे निर्णय गर्ने बारे आजको बैठकले निर्णय गर्ने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

नियमित बैठक मङ्गलवार बस्ने भएपनि गणतन्त्र दिवसमा दिइने छुट र प्रधानमन्त्रीको भ्रमणबारे निर्णय गर्नु पर्ने भएकोले आजै बोलाइएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस