प्रतिनिधि सभा बैठक रोकेर दलहरुसँ छलफल गर्दै सभामुख « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधि सभा बैठक रोकेर दलहरुसँ छलफल गर्दै सभामुख


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभा बैठक स्थगन गरेर सभामुख देवराज घिमिरे दलहरूसँग छलफलमा जुटेका छन् । छलफलमा दलका नेता तथा प्रमुख सचेतकहरू छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले बैठकमा अवरोध गरेको छ ।

सम्बन्धित समाचार : एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित

सम्बन्धित समाचार : एमालेले गर्‍यो संसद अवरोध

जेठ १० गतेको संसदमा न्यौपानेले पशुपतिनाथको मन्दिरमा जलहरी चढाउँदा सुनको जलप लगाउनुपर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । एमालेले शुक्रबारको संसद् बैठकमा विरोध गरेको हो । एमालेले रेकर्डबाट हटाउनुपर्ने माग गरेर विरोध गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुङ्गोमा नपुगेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ ।

आजको प्रतिनिधिसभा बैठकबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस