रास्वपालाई पैसा नदिएको ढाकाकुमारको प्रष्टीकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रास्वपालाई पैसा नदिएको ढाकाकुमारको प्रष्टीकरण


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् ।

बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर आएको समाचार आधारहिन भएको उल्लेख गरेका छन् ।

आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उनको जिकिर छ । उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् ।

‘२०८० / ०२ /१० गते केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु’, श्रेष्ठले लेखेका छन् ।

उनको थप भनाई छ, ‘स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैँ कानूनी प्रक्रियामा जान बाध्य हुनेछु ।’

Tags :
प्रतिक्रिया दिनुहोस