दिल्लीबाट फर्केपछि बेइजिङ जाने तयारीमा प्रधानमन्त्री  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दिल्लीबाट फर्केपछि बेइजिङ जाने तयारीमा प्रधानमन्त्री 


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् ।

आज बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना राजनीतिक ब्युरो चिफसहित पुगेका चिनियाँ राजदूतसँग आसन्न भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीको कुरा भएको जनाइएको छ । 

प्रचण्ड प्रधानमन्त्री बनेको पाँच महिना भइसकेको हुनाले अब भ्रमण स्वभाविक कार्यसूची बन्ने स्रोतको भनाई छ । बेइजिङ भ्रमणका लागि गृहकार्य थाले पनि तिथि भने दिल्ली भ्रमणपछि मात्रै तय हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस