बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत रकम हस्तान्तरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत रकम हस्तान्तरण


११ जेष्ठ २०८०, बिहिबार


बेदकोट । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख राहत रकम हस्तान्तरण गरेका छन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।

गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो । खोजी गर्ने क्रममा चन्दको शव खप्टी नाला क्षेत्रमा भेटिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस